हिजो रोकिएको एमाले बैठक अहिले बस्दै
हिजो स्थगित एमाले केन्द्रीय सचिवालय बैठक आज बिहान ११ बजे बस्दै छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्ने बैठकमा उपमहासचिव, सचिवलगायतले बोल्ने एजेण्डा छ ।
अस्ति दिनभर बसेको बैठकमा उपाध्यक्षहरु र महासचिवले आफ्ना धारणा राखेका थिए । अधिकांश उपाध्यक्षले हालको अवस्थामा अध्यक्ष ओलीले नेतृत्व परिवर्तनका लागि मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखेका थिए ।
हिजो बिहान ११ बजे डाकिएको बैठक ओलीको स्वास्थ्य समस्याका कारण आजलाई सारिएको हो ।
टिप्पणीहरू