पशुपति पुगे प्रसाईं
राजावादी अभियानमा सक्रिय विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेपाललाई हिन्दु अधिराज्य घोषणा गराएरै छाड्ने अठोट व्यक्त गरेका छन्।
दिउँसो नयाँ दिल्लीबाट फर्किएका प्रसाईँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै हिन्दु राष्ट्र घोषणा नहुँदासम्म आन्दोलन नरोकिने बताएका हुन्।
राजावादी आन्दोलनका ‘जनकमाण्डर’ भनिएका प्रसाईँले पशुपतिनाथ मन्दिरमा पूजा गरी महत्वपूर्ण घोषणा गर्ने तयारी गरेको बताएका छन्। “यो देशलाई हिन्दु राष्ट्र घोषणा गराएरै छाड्छु,” उनले भने, “आज एउटा घोषणा गर्दैछौं, पशुपतिमा पूजा सकेर सडक सरकारको घोषणा हुनेछ, विस्तृत विवरण त्यहीँ थाहा पाउनुहुनेछ।”
प्रसाईँको समूहले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा आयोजना गरेको छ। सोही पूजामा सहभागी हुन उनी विमानस्थलबाट सिधै पशुपति पुगेका हुन्।
टिप्पणीहरू