चिनियाँ राजदूत सिंहदरबारमा

चिनियाँ राजदूत सिंहदरबारमा

नेपालका लागि चिनियाँ राजदूत छेन सोङले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग शिष्टाचार भेट गर्नुभएको छ । मन्त्री खरेल र राजदूत सोङबीच आज दिउँसो सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा करिब आधा घण्टा कुराकानी भएको मन्त्रालयले जनाएको छ । 

दिउँसो २ बजे सञ्चार मन्त्रालय पुग्नुभएका राजदूत शिष्टाचार भेटपछि साढे २ बजेको हाराहारीमा बाहिरिनुभएको थियो । भेटम विशेषगरी दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध, पारस्परिक सहयोग र आदानप्रदानबारे कुराकानी भएको बुझिएको छ ।

टिप्पणीहरू