सानेपा पुगेका देउवा कांँग्रेसबाट बिदा (सम्बोधनको पूर्णपाठ)

सानेपा पुगेका देउवा कांँग्रेसबाट बिदा (सम्बोधनको पूर्णपाठ)

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिएका छन् ।सानेपास्थित पार्टी मुख्यालयमा आज बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले नेतृत्वको भूमिकाबाट अलग भएको घोषणा गरेका हुन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्न उपसभापति पूर्णबहादुर खड्कालाई कार्यकारी सभापति पनि तोकेका छन् । पार्टी पुर्नगठनको चर्को दबाब उठिरहेको बेला अब खड्काले नै आगामी महाभिवेशनको रुपरेखा तय गर्नेछन् । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागसहित नेताहरुको हस्ताक्षर संकलन गरिरहेको बेला खड्कामाथि चुनौती थपिएको छ । उनले नियमित महाधिवेशनमा जोड दिन्छन् वा विशेष महाधिवेशनमा, त्यसबारे केही दिनमा थाहा हुने बताइएको छ । 

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सभापति देउवा नेतृत्व छाड्न तयार भइसकेको अवस्थामा नेतृत्वविरुद्ध जथाभावी अभिव्यक्ति नदिन नेताहरुलाई आग्रह गरेका छन् ।

 

 

 

टिप्पणीहरू