केन्द्रीय समिति बैठकमा देउवाले गरे २४ गतेको घटना स्मरण
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र, जनता र प्रणालीका पक्षमा वैचारिक अडान लिँदा आफूमाथि आक्रमण भएको बताएका छन् ।
आज पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो राजनीतिक यात्राका दौरान भोग्नुपरेका कठिन क्षणहरु सम्झंदै देश, जनता र पद्धतिको पक्षमा निरन्तर उभिने प्रतिवद्धता पनि जनाए । भदौ २४ गते जेन जी प्रदर्शनको नाममा मच्याइएको विध्वसंका क्रममा बूढानिलकण्ठस्थति देउवा निवासमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । विध्वंसकारीले उनी र पत्नी आरजू राणामाथि सांघातिक आक्रमण गरेका थिए ।
‘गत भाद्र २४ गते सिंगो मुलुक जलेको बेला म र मेरा परिवार माथि पनि ज्यानै लिने मनशायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरे, सुरक्षाकर्मीको घण्टौँको अथक प्रयासपछि हामीलाई उद्धार गरिएको थियो’, देउवाले भने, । ‘म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाईंहरू जानकार नै हुनुहुन्छ ।’
आक्रमणमा गम्भीर घाइते भइ अस्पताल भर्ना भएका उनी आज पहिलो पटक सार्वजनिक हुँदै आफू र आफ्नो परिवारमाथि ज्यान लिने मनशायले आक्रमण भएको बताए । आफ्नो प्रतिष्ठा र छवि गिराउन सुनोयोजित रूपमा झुटो प्रचार गरिएको दाबी देउवाको छ ।
‘हाम्रो प्रतिष्ठा र छवि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरियो । तपाईहरुको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु’ उनले थपे, ‘मेरा राजनीतिक जीवन यात्रामा भोगेका तपाईहरुको माया, प्रार्थना र कामनाले उपचारपछि यो बैठकमा आएर बैठक सञ्चालन गर्न पाएको छु । मेरा राजनीतिक जीवन यात्रामा भोगेका विभिन्न कठिन क्षणहरु सम्झदा राष्ट्र, जनता र पद्धतिका लागि वैचारिक अडान लिँदा यस किसिमका अवस्था जुनसुकै बेला पनि आउनसक्छ केवल सामना गर्ने शाहस राख्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।’
सभापति देउवाले उक्त घटना राजनीतिक दलका नेतामाथिको आक्रमणजस्तो देखिए पनि देश, पद्धति र पार्टीमाथिको हमला भएको बताए ।
टिप्पणीहरू