एमाले किसानको ज्ञापन, वाइसीएलको खबरदारी
अखिल नेपाल किसान महासंघ, भूमि अधिकार तथा श्रमिक संगठन (नेकपा एमाले निकट) ले ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको छ । भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध देशभरका जिल्ला प्रशासन कार्यालयमा मध्यान्ह १२ बजे ज्ञापनपत्र बुझाउने तयारी गरिएको बताइन्छ ।
संगठनका अनुसार ज्ञापनपत्रमा भूमि अधिकारको संरक्षण, आयोग पुनःस्थापना र किसानको दीर्घकालीन हकहित सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।
यसैबीच, वाईसीएल नेपालले पनि वर्तमान सरकारको विरोधमा खबरदारी कार्यक्रम गर्ने भएको छ। दिउँसो साढे १ बजे शान्तिवाटिका, रत्नपार्कमा कार्यक्रम राखिएको छ ।
वाइसीएलले शान्तिवाटिकामा विरोध प्रदर्शनपछि साइबर ब्यूरोमा ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । संगठनका अनुसार सरकार जनचासो सुन्नेभन्दा नियन्त्रणमुखी भएकोले विरोध जनाउन लागिएको हो ।
टिप्पणीहरू