जेठमा छुटेका सांसद कुशवाहा फेरि पक्राउ
मधेश प्रदेश सभा सदस्य सरोजसिंह कुशवाहा भ्रष्टाचार कसूरमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज नियन्त्रणमा लिएको हो ।
कुशवाहामाथि सांसद विकास कोषको रकम अपचलन गरेको आरोप छ । त्यसमाथि थप अनुसन्धान र मुद्दा अभियोजन गर्न उनलाई अख्तियारले नियन्त्रणमा लिएको बुझिएको छ ।
महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभा सदस्य निर्वाचित कुशवाहा यसअघि जेठ २० गते पक्राउ परेर छुटेका थिए । त्यतिबेला अख्तियारले उनको घरमा छापासमेत हानेको थियो ।
टिप्पणीहरू