आन्दोलन रोक्न प्रधानमन्त्रीको निर्देशन, कम तलबमा काम नगर्ने नर्सहरुको चेतावनी
प्रधानमन्त्री सुशीला कार्कीले नर्सहरूको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ । स्वास्थ्य सचिव डा. विकास देवकोटालगायत सरकारी अधिकारीहरुलाई आन्दोलनरत नर्सहरूको माग बुझ्न भन्नुभएको छ ।
प्रधानमन्त्रीलाई यतिखेर स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मेवारी छ । दक्ष स्वास्थ्यकर्मीलाई न्यून पारिश्रमिकमा काम नलगाउन उहाँले निर्देशन दिनुभएको हो ।
कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजका नर्सहरू स्वास्थ्य मन्त्रालयको अघिल्लो वर्षको निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेर आन्दोलनमा छन्। मन्त्रालयले पाँचौं तहका लागि ३४ हजार ७३० रुपैयाँ मासिक पारिश्रमिक निर्धारण गरेको थियो। तर, सो निर्णय कार्यान्वयन भएको छैन ।
टिप्पणीहरू