पैदलयात्रीलाई ठक्करपछि सवारी चालक पक्राउ
बाटो हिँड्दै गरेका पुरुषलाई ठक्कर दिएर फरार भएका सवारी चालक पक्राउ परेका छन् । पर्वत घर भई कास्कीको पोखरा महानगरपालिका–१५, फुलबारी बस्ने २८ वर्षीय सुशिल सुनारलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएको हो ।
हिजो साँझ पौने ६ बजे पोखरा महानगरपालिका–२५, हेम्जास्थित नौडाँडाबाट पोखरातर्फ आउँदै गरेको गाडीले ५५ वर्षीय पुरुषलाई ठक्कर दिएर भागेको थियो । ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषलाई तत्कालै पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
आज बिहान सवारी चालकलाई खोज्ने क्रममा वडा नम्बर–१०, रंगशाला गेटअगाडिबाट समातिएको कार्यालयले जनाएको छ । त्यसैगरी, गाडी पनि नियन्त्रणमा लिइएको छ ।
टिप्पणीहरू