प्रहरीलाई कुटिकुटी मार्नेहरु जेल चलान

प्रहरीलाई कुटिकुटी मार्नेहरु जेल चलान

भदौ २४ गतेको जेनजी विध्वंशमा प्रहरीलाई कुटिकुटी मार्नेहरु जेल चलान भएका छन् । प्रहरी प्रभाग,कोटेश्वरका असई अमृत गुरुङ्गको हत्या आरोपमा पक्राउ परेका सन्तोष तामाङ्गलाई कारागार चलान गरिएको हो । 

त्यसैगरी, प्रहरी वृत्त, महाराजगञ्जका सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तम थापाको हत्या अभियोगमा युवराज क्यापछाकी र होमराज पौडेल जेल गएका छन् । 

यता, विध्वंशको फाइदा उठाएर प्रहरी वृत्त,जनसेवासहित उपत्यका केरकार,टेकूमा तोडफोड र गाडी आगजनी गर्ने दुई भारतीय नागरिक जेल चलान भएका छन् । जसमा रोहित सरावगी र निरज पोध्दार रहेका छन् । भदौ २३ गते राजधानीको माइतीघर मण्डलाबाट शुरु भएको जेनजी प्रदर्शन एकाएक हिंसात्मक बनेकोमा १९ जनाको ज्यान गयो । 

भोलिपल्ट देशभर आगो बालियो । आन्दोलनमा सबैभन्दा बढी प्रहरी पीडित बन्न पुगे । प्रहरी कार्यालयहरु जलेका छन् भने प्रहरीलाई निर्घात कुटपिट गरिएको छ । प्रहरीलाई अर्धनग्न बनाएर ढुंगैढुंगा हानिएको थियो । 

आन्दोलनकारीको कुटाइबाट तीन प्रहरीको मृत्यु भएको हो भने सयौं घाइते भएका छन् ।
 

टिप्पणीहरू