गुण्डुमा ओली भेट्न पुगे पूर्व गृहमन्त्री

गुण्डुमा ओली भेट्न पुगे पूर्व गृहमन्त्री

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ । भक्तपुरको गुण्डुमा उहाँहरुबीच हिजो राती भेटवार्ता भएको हो । ओलीलाई भेट्नका लागि लेखक हिजो बेलुका सवा ७ बजे गुण्डु पुग्नुभएको थियो । 

त्यहाँबाट उहाँ साढे ८ बजे निस्किनुभएको जनाइएको छ । गत भदौ २३ र २४ गतेको घटना हुँदा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री हुनुहुन्थ्यो । २३ गतेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि लेखकले तत्कालै पदबाट राजीनामा दिनुभयो भने ओलीले २४ गते दिउँसो पद छोड्नुभयो ।
 

टिप्पणीहरू