मध्यरात गुण्डुमा अखिलको टुंगो
कात्तिक २३ गते आइतबार मध्यरात एमाले अध्यक्ष केपी ओलीको हालको निवास गुण्डुमा भानुभक्त ढकाल, अखिल इञ्चार्ज किशोरविक्रम मल्ल, निवर्तमान अध्यक्ष समिक बडाल, निवर्तमान महासचिव नरेश रोकाया, उपाध्यक्ष गोविन्द गिरी, सचिवहरू सञ्जीव धिताल, मनोज ताम्ली आदि बसे ।
समिक बडालको अग्रसरतामा सम्पन्न उक्त भेलामा सबैले एकै स्वरमा दिपक धामीबाहेक अहिलेको टिममा अध्यक्ष धान्न सक्ने कोही छैन, बाहिरबाट ल्याउँदा राम्रो सन्देश जाँदैन भनेका थिए । सो बैठकले अध्यक्षले दीपक धामी र महासचिवमा अञ्जना शिवाकोटी हुने, अरु जुन पदमा छन् त्यही यथावत् रहने निर्णय गरेको थियो ।
उक्त निर्णय बाहिरिएसँगै डाक्टर सुजन कडरिया भन्दा पनि उनलाई बोक्नेहरूलाई गाह्रो भयो । माधव ढुङ्गेल चीनमा पढ्ने नाउँमा गएका छन् भने, अरुको गुण्डु जान हैसियत नै पुग्ने थिएन । ऐन महरलाई कसैले खबर गरेको थिएन, किनभने उनले भाँड्ने खतरा रहेको अखिलका पूर्वनेताले बताए । ऐनको मान्छे कमल जोशी हुन् । जो ठमेलमा पुलिस कुटेबापत केही दिन हिरासत बसेर धरौटीमा रिहा भएका छन् । बझाङकै हुन् । डोटीका दीपक धामीले आफूलाई नटेर्ने भएकै कारण ऐनले गत महाधिवेशनमा प्रकाश पौडेललाई सघाएका थिए ।
२४ गते सोमबार अपराह्न अखिलबाट जेनजी आन्दोलनलगत्तै राजीनामा दिएर हिँडेका डा. सुजन कडरिया ५० जना जतिको हुलसहित अखिल कार्यालय छिरेका छन् । माउ पार्टी एमालेले घर फर्क अभियान शुभारम्भ गरेकै दिन उनी कफन बाँधेर ठमेलका टोलीसहित कार्यालय पुगेका हुन् ।
अमृत साइन्स कलेजबाट एउटा निजी गाडी र २०–२५ वटा बाइकमा जुलुस लगाउँदै भृकुटीमण्डपस्थित कार्यालय पुगेको भिडियो छ । उनले बोल्दा उपमहासचिव कमल जोशी र सचिव आकाश घर्ती मात्र थिए । अन्यले हेल्मेट र मास्क लगाएका थिए ।
मतदाता नामावली काठमाडाैँमा
लिखु–तामाकोशी –६ खिम्तीका स्थायी वासिन्दा हुन् सुजनले बसाइँसराइ काठमाडाँै–१ शान्तिनगरमा गरेका छन् । सुजनको मतदाता नं १७८६८१४६ र मतदान केन्द्र वडा कार्यालय भवन खिम्ती थियो । तर, अहिले यतै सरुवाको लागि प्रक्रिया चालेका छन् । उनी निकटका अनुसार, आगामी निर्वाचनमा जसरी पनि टिकट लिने योजनामा छन् ।
विद्या भण्डारीतिर लागे
उच्च श्रोतका अनुसार सुजनले विद्या भण्डारीलाई भेटिसकेका छन् । सुजन विद्याको लाइनमा गएसँगै प्रकाश पौडेल, आरके रोमश(रोमश खतिवडा) आदि नरम भएको चर्चा छ ।
गुरु अर्जुन
रामेछापका अर्जुन अधिकारी अखिलको केन्द्रीय सदस्य (२०७०–७२) थिए । त्यसपछि सान्त्वना कलेज, भिएस निकेतन आदि कलेजमा लगानी गरे । साझेदारबीच कुरा नमिलेपछि लगानी फिर्ता लिएर शान्तिनगरमा चश्मा पसल खोलेका छन् । सुजनले तिनैसँग राजनीति सल्लाह लिएर चल्ने गरेका छन् ।
टिप्पणीहरू