बागलुङको इला होटलमा अमेरिकी राजदूतको लन्च

बागलुङको इला होटलमा अमेरिकी राजदूतको लन्च

नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन बागलुङ पुगेका छन् । उनीसहित तीन जनाको टोली आज बागलुङ नगरपालिका–२, धौलागिरी प्रदेश अस्पताल पुगेर इला होटलमा दिवाभोजन गरेको छ । 

त्यसक्रममा राजदूत थम्पनले अस्पतालको सेवा प्रवाहबारे जानकारी लिनुका साथै कर्मचारी र स्वास्थ्यकर्मीसँग स्वास्थ्य समस्याका सम्बन्धमा अन्तरक्रिया गरेको बुझिएको छ । 

उनले गण्डकी प्रदेशमा रहेका स्वास्थ्य मन्त्रालयका अधिकारी,फ्रन्टलाइन स्वास्थ्यकर्मी र बिरामीसँग पनि भेटघाट गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । 

दूतावासका अनुसार भेटघाटमा स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने नेपालको यात्रामा अमेरिकासँगको साझेदारीअन्तर्गत भइरहेका कार्यप्रगतिबारे पनि छलफल भएको छ । 

स्वास्थ्य सेवामा नवीनता र पहुँच बढाउन, दीर्घकालीन आत्मनिर्भरताका लागि स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन नेपालको स्वास्थ्य क्षेत्रलाई समर्थन गर्न अमेरिका प्रतिबद्ध रहेको दूतावासको भनाइ छ । 

‘नेपालको मजबूत स्वास्थ्य प्रणालीले अमेरिकाको स्वास्थ्य सुरक्षालाई पनि बलियो बनाउँछ,’ दूतावासले भनेको छ ।

टिप्पणीहरू