दुर्गा प्रसाईं भेट्न जाने सेक्युरिटी गार्ड पक्राउ

दुर्गा प्रसाईं भेट्न जाने सेक्युरिटी गार्ड पक्राउ

प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्ड दीपक खड्का पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर,काठमाडौंको हिरासतमा रहेका प्रसाईंलाई भेट्न पुगेका उनी पनि अनुसन्धानमा तानिएकाले प्रहरीले तत्काल नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

खड्कालाई अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू