काँग्रेस कलह : झण्डै झण्डै फुटको क्लाइमेक्स
नेपाली काँग्रेसको असोज २८ गतेदेखि शुरु भएको केन्द्रीय समिति बैठक आज दिउँसो पनि बस्दैछ । त्यसअघि हिजो बिहान ९ बजेदेखि ११ बजेसम्म महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटेको खबर छ । उक्त भेटमा दुबै महामन्त्रीले चरणबद्ध रुपमा भए पनि चुनाव गर्नुपर्ने माग राखेको र त्यसो हुँदा पार्टीमा दबाब बढ्ने उनीहरुको हिसाब थियोे ।
सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किसकेपछि पनि महाधिवेशन मितिबारे आवश्यक निर्णय गर्न काँग्रेसले विलम्ब गरिरहेको छ । आजको केन्द्रीय समिति बैठकअघि नेताहरु कृष्ण सिटौला,विमलेन्द्र निधि,प्रकाशमान सिंह,सशांक कोइरालासँग कार्यवाहक सभापति पूर्णबहादुरले संयुक्त भेट र लगत्तै शेखर कोइरालासँग सल्लाह गरेको बुझिएको छ ।
पछिल्लो घटनाक्रमले नेताहरु गगन,विश्व, पूर्णबहादुर र रमेश लेखकलाई एकै ठाउँमा उभ्याइदिएको छ । गगन महामन्त्री बन्ने र सरकार सञ्चालनको हकमा शेरबहादुरको पालादेखि नै उनको चाहनाअनुसार अघि बढ्न नेता लेखक मञ्जुर भएको सन्दर्भ अहिलेको समान कित्ता बन्नमा स्मरणीय हुन आउँछ । स्रोत भन्छ, ‘लेखक गृहमन्त्री बनेपछि मन्त्रालयको सूचना थाहा पाउन लोकेन्द्र भट्टलाई कान्तिपुरबाट गृहमा लैजाने गगन नै हुन् ।’
यसअघि ओली सरकारमा एमाले र काँग्रेस नेतृत्वले बनाएको राजनीतिक संयन्त्रमा पूर्णबहादुर र गगनलगायत थिए । सरकारले गर्ने सबै खालका राजनीतिक नियुक्ति उनीहरुकै सहमतिमा हुने गरेको थियोे । स्रोत भन्छ, ‘भदौ २४ अघि आगामी महाधिवशेनपछि पूर्णबहादुर र गगनबीच एकजना सभापति र अर्को प्रधानमन्त्री बन्ने सहमति बनेको थियो । त्यसैगरी महामन्त्रीमा लेखक र प्रदीप पौडेललाई लाने भनियो । यो सबै नियमित महाधिवेशनको अवस्थामा हुने सहमति थियो । तर जेन जी विध्वंशपछि त्यो सहमति भत्किएको छ ।’
सभापति देउवा सिंगापुरबाट नफर्कने हल्ला चलेसङ्गै कतिपय नेता तथा कार्यकर्ता गगनतिर लागेको बताइन्छ । देउवाको अति विश्वासपापत्रका रुपमा चिनिएका पूर्वमन्त्री उमेश श्रेष्ठ पनि गगनको पक्षमै लागिसकेका थिए ।
यता पूर्णबहादुरले शेरबहादुरबाट कार्यवाहकको जिम्मेवारी पाएपछि गगनसँग मिलेको आरोप छ । अघिल्लो १४ औं महाधिवेशनमा सुर्खेतबाट हृदयराम थानी र उनका अधिकांश प्रतिनिधिलाई हराइएको थियो । तर अहिले गगनको अभियानमा पूर्णबहादुरका धेरैजसोले दस्तखत गरेपछि इतरहरुले नयाँ निश्कर्ष निकालेका छन् ।
सुदूरपश्चिमका एकजना काँग्रेसी नेता भन्छन्,‘कञ्चनपुर,बझाङ,बैतडीलगायत अधिकांश जिल्लामा लेखक र पूर्णबहादुर निकटस्थ भनी चिनिएकाहरुले पनि महामन्त्री थापाको पछिल्लो महाधिवेशन अभियानमा हस्ताक्षर गरेका छन् । ४० प्रतिशत पुर्याउने अभियानमा उनीहरुको समर्थन र हस्ताक्षर हुनुलाई हल्का ढंगले लिन मिल्दैन ।’ सिंगापुरमा उपचार गर्न गएका शेरबहादुरले महाधिवेशनबारे उठेका विषय सबै रोकेकाले अवस्था अर्कै देखिएको बताइन्छ । अहिले आएर पूर्णबहादुरहरु गगनको पक्षमा काम गर्न तयार रहेको आरोप लगाइएको छ।
काँग्रेसभित्र निर्वाचनको नियमित प्रक्रिया प्रारम्भ गरेर चुनावमा जानुपर्ने मत पनि छ । कतिपयले चुनाव नहुने अवस्थामा महाधिवेशनमा जाने भनेको सुनिन्छ । प्रक्रिया शुरु भएको अवस्थामा फागुन २१ गते चुनाव भए पनि त्यसपछि महाधिवेशन गर्न सकिने मान्यता राख्नेहरुको संख्या ठूलो छ ।
नयाँ पुस्ताको वकालत गरिरहेका नेताहरुले भने अहिलेको अवस्थमै महाधिवेशन गर्दा काँग्रेसभित्र जेन जी पुस्ता छिर्न नसक्ने बताउँदै आएका छन् । उनीहरुले नयाँ पुस्तालाई पनि महाधिवेशन र पार्टीको नेतृत्वमा सहभागी गराउन गाउँदेखि नै प्रक्रिया थालिनुपर्ने तर्क राखेका छन् । यस्तो अवस्था शेखरले पनि मान्न सक्ने श्रोतको दावी छ ।
अनामनगरको कार्यालयमा बागलुङका डिल्ली सुवेदी,प्युठानका नीमा गिरी, रोल्पाका मनोजमणि,दोलखाका अजय शिवाकोटी,काठमाडौंकी प्रतिमा गौतम, काभ्रेका मधु आचार्य,खोटाङका सुवास पोखरेल खट्ने गरेका छन् ।
गगनहरु ४० प्रतिशतको समर्थन रहेकाले तत्काल महाधिवेशन वा विशेष महाधिवेशन गर्नैपर्ने अडानमा देखिन्छन् । उनीहरुले आफ्नो अभियान पक्षधरको संख्या ५० प्रतिशत भन्दा बढी रहेको देखाउँदै पार्टी कब्जा गर्ने उद्देश्य राखेको देउवा निकटस्थहरुको बुझाइ छ । कतिपयले विशेष महाधिवेशन हुँदा थापाकोे उद्देश्य पूरा नहुने विश्लेषण गरेको पनि पाइन्छ ।
यसवीच सभापति देउवा सिंगापुरबाट नफर्कने हल्ला चलेसङ्गै कतिपय नेता तथा कार्यकर्ता गगनतिर लागेको बताइन्छ । देउवाको अति विश्वासपापत्रका रुपमा चिनिएका पूर्वमन्त्री उमेश श्रेष्ठ पनि गगनको पक्षमै लागिसकेका थिए । केही दिनअघि महामन्त्री थापाले शेखरलाई विशेष महाधिवेशनपछि एक वर्षको नेतृत्व लिन आग्रह गरेको बताइएको छ । त्यसपछिको नियमित महाधिवेशनपश्चात् गगन सभापति हुने गरी उक्त प्रस्ताव अघि सारिएकाले गगनलाई रोक्न त्यो बेला अरु सबै एक हुने सम्भावना देखिन्छ ।
यता केहीले गगनलाई नेता कोइरालालाई आगामी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जान आग्रह गर्दै त्यस्तो अवस्थामा मात्रै सहयोग आदान प्रदान गर्न सकिने सन्देश दिएको बुझिएको छ । आफूहरुले गगनलाई प्रधानमन्त्री घोषणा गरेर जान नहुने भन्दै नेतृत्वलाई सचेत गराएको उनीहरुले जनआस्थालाई बताए । त्यसमा मीनेन्द्र रिजाललगायत धेरैको स्वर मिलेको थियो ।
यहीबेला गगन निकट भनेर चिनिएका अजय शिवाकोटी,मनोजमणि,मधु आचार्य, सुवास पोखरेलहरुले काँग्रेस महाधिवेशन प्रतिनिधिहरुलाई जुनसुकै बेला जे पनि हुनसक्ने भन्दै रातारात काठमाडौं आउन खबर पठाएका थिए ।
सभापति देउवाका अति विश्वासपात्रहरुले गगनले आफ्नो राजनीति अगाडि बढाउन राजधानीमा तीन वटा कार्यालय खोलेको दावी गरे । अनामनगरस्थित कार्यालय वैदेशिक रोजगार ब्यवसायी तिलक रानाभाटलाई कास्कीबाट टिकट दिने शर्तमा अग्लो भवनको आठौं तलामा छ।
अर्को चाहिँ पाठशालाको नाममा नागपोखरीमा खोलिएको छ । त्यस्तै गगनको सम्पर्क कार्यालय भनेर नक्सालको एभरेष्ट मःम नजिकै पनि छ । पाठशाला कार्यालयबाट सामाजिक सञ्जालमा पोष्ट गरिने कन्टेन्ट र स्टाटस उत्पादनसँगै पोष्टिङ हुने गरेको कतिपयको कथन छ ।
अनामनगरको कार्यालयमा बागलुङका डिल्ली सुवेदी,प्युठानका नीमा गिरी, रोल्पाका मनोजमणि,दोलखाका अजय शिवाकोटी,काठमाडौंकी प्रतिमा गौतम, काभ्रेका मधु आचार्य,खोटाङका सुवास पोखरेल खट्ने गरेका छन् । उनीहरुले गगन थापाको पक्षमा जिल्लामा फोन गरेर खबर गर्ने,उताको अपडेट लिने र महामन्त्री जिल्ला जाने कार्यक्रम तय भएपछि अघिल्लो दिन नै त्यहाँ पुगेर कार्यकर्ता बटुल्ने गरेको रिपोर्ट छ ।वीचमा जेनजी,स्वर्णिम,सुमनाहरुलाई समेटेर पार्टी फुटाउनु परे पनि रिस्क मोल्ने तयारी भएकोवारे देउवालाई सूचना पुर्याइएको छ ।
टिप्पणीहरू