प्रहरीले भोलिदेखि ऋणको आवेदन लिने

प्रहरीले भोलिदेखि ऋणको आवेदन लिने

नेपाल प्रहरीको विशेष कल्याणकारी कोषबाट प्रवाह हुँदै आएको नगद ऋणका लागि भोलिदेखि अनलाइन आवेदन लिइने भएको छ । बिहान ११ बजेदेखि अनलाइन फाराम खुल्ने प्रहरी मुख्यालयले जनाएको छ । 

ऋण आवश्यक पर्ने कर्मचारीले अनलाइन आवेदन दिन सक्नेछन् । प्रहरीले आवश्यक परेका कर्मचारीलाई विशेष कल्याणकारी कोषमार्फत पाँच लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउँदै आएको छ ।

टिप्पणीहरू