महामारीताकाकाे भ्रष्टाचारमा सात जना संलग्न

महामारीताकाकाे भ्रष्टाचारमा सात जना संलग्न

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडाका तत्कालिन निमित्त निर्देशक डा.अर्जुनप्रसाद सापकोटविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । कोभिड–१९ विरुद्धका व्यक्तिगत सुरक्षा सामग्री खरिदमा अनियमितता गरेको आरोपमा उनीसहित सात जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो । 

मुद्दा चलाइएकामा तत्कालिन लेखा अधिकृत राधाकृष्ण श्रेष्ठ, फार्मेसी सुपरभाइजर राजेश्वर रंजितकार, रेफ्रिजेरेटर टेक्निशियन समितिका सदस्य रवीकुमार महतो, बायोमेडिकल इन्जिनियर राजेश्वर कमली, प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत नेत्र नरसिंह कार्की र आपूर्तिकर्ता जनमुक्ति हेल्थ इन्टरप्राइजेजका प्रोपाइटर नवराज श्रेष्ठ छन् । 

आर्थिक वर्ष २०७८–०७९ मा कोरोना महामारीविरुद्ध आवश्यक व्यक्तिगत सुरक्षा सामग्री खरिदका लागि केन्द्रद्धारा आह्वान गरिएको बोलपत्रमा उनीहरुको मिलीभगतमा कम रकम कबोल गर्ने फर्महरुलाई पन्छाएर बढी मूल्य कबोल गर्ने जनमुक्ति हेल्थलाई ठेक्का दिएको अख्तियारको ठहर छ ।

टिप्पणीहरू