मिराज समूहलाई पुनः सिंहदरबार प्रवेशमा राेक
प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्ने भन्दै सिंहदरबार पुगेको एउटा जेनजी समूहलाई प्रहरीले हटाएको छ । मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले सिंहदरबार परिसरबाट ‘साइड’ लगाएको हो ।
हिजो सिंहदरबारको गेटमा ज्ञापन पत्र टाँसेर फर्किएको मिराजको समूह आज पनि बिहान १० बजे प्रधानमन्त्री कार्यालय जान खोजेको थियो । तर प्रधानमन्त्रीको व्यस्तता देखाउँदै प्रहरीले सिंहदरबार छिर्न नदिएपछि उक्त समूहले होहल्ला गरेको हो । ‘यो जेनजीको सरकार होइन रहेछ’ भन्दै युवाहरुले नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरुलाई समातेर भाटभटेनी (थापागाउँपट्टी) सम्म पुर्याएको छ।
जेनजी भन्दै दिनहुँ फरक फरक समूह प्रधानमन्त्रीलाई भेट्न जान थालेपछि अहिले सिंहदरबार परिसरमा सुरक्षकर्मी बढाइएको छ ।
टिप्पणीहरू