हङकङमा नेपाल पर्यटन प्रवर्द्धन
चीनको विशेष प्रशासकीय क्षेत्र हङकङस्थित नेपाली महावाणिज्यदूतावासले पर्यटन प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गर्ने भएको छ । हङकङबाट नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महावाणिज्यदूतावासले कार्यक्रमको आयोजना गर्न लागेको हो ।
महावाणिज्यदूतावासले कार्यक्रममा सहभागिता जनाउन इच्छुक नेपाली ट्राभल एण्ड टुर कम्पनीलाई सूचीकरण हुन आउन आह्वान गरेको छ । आगामी मंसिर १६ गतेभित्र सूचीकरण भइसक्न सूचित गराइएको छ ।
सूचीकरणका लागि महावाणिज्यदूतावासलाई सम्बोधन गरी लेखिएको पत्र, हङकङको सरकारी निकायमा कम्पनी दर्ता भएको प्रमाणपत्र वा कागजात, ट्राभल एण्ड टुर सञ्चालकको परिचयपत्र, ट्राभल एण्ड टुरको सम्पर्क व्यक्तिको नाम, ईमेल, ठेगाना र सम्पर्क नम्बर पेश गर्नुपर्नेछ ।
सूचीकृत भएका ट्राभल एण्ड टुर कम्पनीको सूची बेभसाइटमा प्रकाशित गरिने जानकारी दिइएको छ ।
टिप्पणीहरू