अस्ति बढुवा भएकाहरूको कुममा फूली

अस्ति बढुवा भएकाहरूको कुममा फूली

नेपाल प्रहरीका तीन अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आज नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा आइईजीपी दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । 

क्याबिनेटको सोमबारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डिआईजी) ईश्वर कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका थिए । सोही दिन गृहमन्त्रीस्तरीय निर्णयबाट वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी र प्राविधिकतर्फका एसएसपी रामकुमार चौधरी डिआईजीमा बढुवा भएका थिए । 

बढुवा भएको दुई दिनपछि उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको  । त्यसक्रममा आईजीपी कार्कीले बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै थप सक्रिय हुन निर्देशन दिए । 

मुलुक संवेदनशील अवस्थामा रहेकोले जनताको सेवामा समर्पित हुन र नागरिक अपेक्षाअनुरुप सेवा प्रवाहलाई चुस्त बनाउन उनको निर्देशन छ ।

टिप्पणीहरू