पेशाकर्मी एमालेजनमा अध्यक्ष ओलीको लिस्ट सदर
एमालेको आगामी ११ औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि छनौट गर्न आज अढाई घण्टा ढिलो गरी शुरु भएको पेशागत विशेष जिल्ला कमिटीको चुनावमा ३६ सय सदस्यमध्ये सबैले जाँगर चलाएनन् । ३ हजार सदस्य सहभागी नहुँदा ६ सय जनाले मात्र मतदानमा भाग लिए । सोही चुनावका निम्ति बहालवाला अध!केपी ओलीका तर्फबाट ८ जनाको लिस्ट बाँडिएको थियो । अहिले घरबेटीले डेरा सर्न उर्दी लगाएको ठाउँमै जारी मतगणनामा सोही लिस्टवालाले अग्रता लिइरहेको बुझिएको छ । लिस्ट लेखनाथ कोइरालाहरुले बनाउँदा पुण्य ढकाल,केदार देवकोटानिकटहरु भने त्यसमा समेटिएका थिएनन् ।
पेशागत जिल्ला कमिटीबाट महाधिवेशन प्रतिनिधिका लागि पाँच जना खुला, एकजना युवा र दुई महिला गरी आठ जनाको कोटा तोकिएको छ । काठमाडौंको माइतीघर हाइटस्थित पहिले एमाले केन्द्रीय कार्यालय रहेको स्थानमा सम्पन्न निर्वाचनको परिणाम आइसकेको छैन ।
अढाई घण्टा ढिलो गरी शुरु भएको पेशागत विशेष जिल्ला कमिटीको चुनावमा ३६ सय सदस्यमध्ये सबैले जाँगर चलाएनन् । ३ हजार सदस्य सहभागी नहुँदा ६ सय जनाले मात्र मतदानमा भाग लिए ।
२५ जनाको नाम प्रकाशित गरिएकोमा २० नम्बरका रुपेश कालाखेतीको योग्यता नपुगेको कारण उम्मेदवारी रद्ध भएको छ । उनी निजामती कर्मचारी हुन् । महिला २ सिटका निम्ति उम्मेदवार आधा दर्जन छन् । केदार देवकोटा र पुण्य ढकाल निकट रेणुका केसी र विजया लक्ष्मी सुवेदीलाई हराउने तारतम्य सँस्थापन पक्षले मिलाएको चर्चा छ ।
उम्मेदवारमध्ये सागर ओली,प्रवीण ठकुरी र अर्का एक जनालाई पनि पुण्यहरुको समर्थन थियो । सरकारी लिष्टमा लेखनाथ कोइराला, मोहनकुमार पराजुली,धर्मराज मैनाली, एस किरण,प्रयास साह,अणु धमला,प्रेरणा न्यौपाने र आशुतोष शर्मा (लक्ष्मी) को नाम दिउँसो बाँडिएको थियो ।
३४ सयभन्दा बढी मतदाता रहेको पेशागत विशेष जिल्ला कमिटीमा निजामती १४ सय,वकिल २ सय तथा लेखापाल डेढ सयको हाराहारीमा छन् । संस्थानका कर्मचारीदेखि पत्रकारसम्म सोही जिल्ला कमिटीमा आवद्ध छन् ।

टिप्पणीहरू