तीस गतेभित्र बहस सकाउने तयारी

तीस गतेभित्र बहस सकाउने तयारी

सरकारी वकिलहरुपछि प्रधानमन्त्रीको तर्फबाट बहस गर्न आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुग्नुभएका अधिवक्ता रमेश बडाललाई इजलासले शुरुमै समय सीमावारे ध्यानाकर्षण गराएको छ ।

सोहीक्रममा प्रधान न्यायाधीश चोलेन्द्रसमशेर राणाले भन्नुभयो, ‘रमेशजी,हामीले १५ मिनेटको समयसीमा तोकेका छौं,तपाईंले किताब बोकेर ल्याएको देख्दा एक घण्टा त त्यसैमा लाग्ला जस्तो छ ! (हाँस्दै) समयमै सक्नुहोला ।’ राणाले अगाडि भन्नुभयो ‘यो हप्ता तपाईंहरुले बहस सक्नुपर्छ ।’ त्यसपछि बडालले भन्नुभयो, ‘सरकारी वकिल र प्रधानमन्त्रीको तर्फबाट सक्ने होला नि श्रीमान् !’ राणाले फेरि थप्नुभयो ‘हैन,सबैको सक्नुपर्छ ।

एमिकसक्युरीका विद्वान अधिवक्ताहरु पनि हुनुहन्छ । हामीलाई पनि केही समय चाहिन्छ । त्यसैले ३० गतेसम्ममा तपाईंहरुले सक्नुपर्छ ।’ त्यसपछि बडालले आफूले छिटो सक्न प्रयास गर्ने बताएपछि अन्तिममा प्रधानन्यायाधीश राणाले बडाललाई ३० मिनेटको समय दिनुभयो बडालले ‘टी ब्रेक’ पछिको समयमा बहस थाल्नुभएको छ ।

टिप्पणीहरू