श्रीपेच विनाका राजालाई भारत सरकारको निम्तो

श्रीपेच विनाका राजालाई भारत सरकारको निम्तो

भारतको राजधानी नयाँ दिल्लीमा मनाउन लागिएको गणतन्त्र दिवसमा श्रीपेच विनाको राजालाई निम्ताइएको छ । ७६ औं गणतन्त्र दिवसको अवसरमा भोलि नयाँ दिल्लीमा आयोजना गर्न लागिएको विशेष समारोहमा केरलाका जातीय राजा रमण राजामान्नन सहभागी हुँदै छन् । 

उनी अचम्मका जातिको रुपमा परिचित तीन हजार जना रहेको मान्नन समुदायका राजा हुन् । औपचारिक रुपमा राजा नतोकिए पनि उनलाई आफ्नो समुदायले सामाजिक कार्यक्रमहरुमा शीरमा विशेष पहिरन (थालापाभु) पहिराएर सहभागी गराउँदछ। इडुकीको कान्चियार पञ्चायतको राजधानी अर्थात् केन्द्र कोजिमाला हो । उनी गाउँभरको सबैभन्दा राम्रो घरमा बस्छन् ।

भारतको यस वर्षको गणतन्त्र दिवस समारोहमा इण्डोनेसियाका राष्ट्रपति प्राबोओ सुबिआन्तोलाई प्रमुख अतिथि बनाईंदै छ ।

टिप्पणीहरू