जथाभावी गर्दै हिँड्ने राष्ट्रपतिलाई प्रश्न गर्ने अधिकार छ ः झाँक्री

जथाभावी गर्दै हिँड्ने राष्ट्रपतिलाई प्रश्न गर्ने अधिकार छ ः झाँक्री

नेपाल कम्युनिस्ट पार्टी नेकपा दुई धारणा बिभाजन भएपछि यतिबेला नेकपाको दुई समुहको सक्रियता ह्वात्तै बढेर गएको छ । प्रतिनिधि सभा विघटनको प्रतिगामी कदमका विरूद्व नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटी बागलुङले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबारे तिखो अभिव्यक्ति दिएर चर्चामा आएकी रामकुमारी झाँक्रीले राष्ट्रपतिले सास पनि कानुनअनुसार फेर्नुपर्ने अभिव्यक्ति दिनुभएको छ । आफूले राष्ट्रपतिमाथि प्रश्न गर्दा विरोध गरेकाहरूप्रति इङ्कित गर्दै नेतृ झाँक्रीले जथाभावी गर्दै हिँड्ने राष्ट्रपतिलाई प्रश्न गर्ने अधिकार सबैलाई भएको बताउनुभयो ।

प्रधानमन्त्री केपी हुँदा सोही गुटकै उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउनु गल्ती भएको नेतृ झाँक्रीको भनाई थियो । राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्‍याउनु गलत भएको भन्दै उहाँले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानलाई कागजको खोस्टो मात्रै सम्झेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभाका सदस्य एवं नेकपाका नेता दिनानाथ शर्मा, केन्द्रीय सदस्य वलावती शर्मालगायतले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गरेका थिए ।

राजेशचन्द्र राजभण्डारीबाट

 

टिप्पणीहरू