सुशासन केन्द्रमा गृहमन्त्री र मुख्यमन्त्री सुटुक्क

सुशासन केन्द्रमा गृहमन्त्री र मुख्यमन्त्री सुटुक्क

जावलाखेलस्थित प्रदेश सुशासन केन्द्र,बाग्मती प्रदेश कार्यालयमा  गृहमन्त्री रामबहादुर थापा बादलले बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलासँग छलफल गर्नुभएको छ ।

प्रदेशको शान्ति सुरक्षा र अन्य विषयमा गरिएको छलफलमा मुख्यमन्त्री डोरमणि पौडेलले समग्र विषयबारे जानकारी गराउनुभएको बताइएको छ ।

उहाँहरुबीच नेकपा एमालेभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रम र अविश्वास प्रस्तावको बारेमा लामै छलफल भएको बुझिएको छ ।

टिप्पणीहरू