किलोका किलो गाँजा बोक्ने नाबालक पक्राउ

किलोका किलो गाँजा बोक्ने नाबालक पक्राउ

प्रहरीले ५ केजी गाँजाको धुलोसहित नागढुंगास्थित चेकप्वाईन्टबाट एक जना नाबालकलाई पक्राउ गरेको छ ।

धादिङ महादेवबेशीबाट काठमाण्डौंतर्फ आउँदै गरेको बा३ख ८५२३ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजाको धुलो बरामद गरिएको बताइएको छ ।

धादिङबेशी घर बताउने वर्ष १३ का निमा तामाङले साथमा राखेको कालो रंगको झोलामा खैरो टेपले बेरेको ६ वटा पोकामा गाँजाको धुलो ५ किलो ४ सय ग्राम फेला परेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरिक्षक तथा प्रवक्ता रमेशकुमार बस्नेतले बताउनुभएको छ ।

तामाङलाई बरामद दशीसहित पक्राउ गरी लागुऔषध नियन्त्रण ऐन,२०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू