‘जे हुन्छ उहाँबाटै हुन्छ’
जनता समाजवादी पार्टीको पनि पूर्वराजपा समूह अहिले प्रधानमन्त्रीबाट धेरै कुराको आश गर्ने ठाउँमा पुगेको छ । उनीहरूको बुझाई छ, हिजो पूर्वराजा ज्ञानेन्द्रलेजस्तै केपीले पनि चाहेको कुरा गरेर देखाउँछन् ।
अर्कातिर राजावादीहरू संघीयता सकाए पनि, हिन्दूत्व जगाए पनि केपी ओलीबाट नै हुन्छ भन्नेमा ढुक्क छन् । जसपा फुटाएरै सही, प्रधानमन्त्रीको चाहना छ, पूर्वराजपालाई सरकारमा लैजाने । उनीहरूसँग १६ सांसद छन् । प्रधानमन्त्रीसँग ती १६ भाइकै व्यवस्थापनको योजना पनि छ । शुरुमा १० जनालाई मन्त्री दिने, बाँकी ६ जनालाई केही दिनभित्रै उपसभामुख र विभिन्न संसदीय समितिको सभापतिका रुपमा गाडी–घोडाले रिझाउने । त्यसका लागि माधवपक्षका सांसद कल्याणी खड्काहरू सभापति रहेका समिति खालि गर्ने ।
तर, माओवादी केन्द्रले समर्थन फिर्ता लिएको स्थितिमा ‘विश्वास छैन’ भन्नेतिर मतदान भयो भने फ्लोर क्रसको त्रासका कारण कांग्रेस, माओवादी, जसपा मिल्दा पनि नपुग्ने स्थिति छ । त्यसमाथि नेपाली कांग्रेसको भोट बैंक मधेस भएका कारण पनि उसले मधेसीहरूको चाहनाविपरित चल्ने अवस्था छैन ।
यसैबीच ओलीप्रति उदार हुँदा दक्षिण खुशी हुने नाममा महन्थ ठाकुर, राजेन्द्र महतोहरूले नरम भाषा बोल्न थालेका छन् । प्रधानमन्त्रीचाहिँ माओवादीले समर्थन फिर्ता लिनेबित्तिकै अर्को चुनावमा जान बाटो खुल्नेमा विश्वस्त हुनुहुन्छ । एमालेका माधव, भीम रावल, सुरेन्द्र पाण्डेहरूलाई जसरी नै माओवादी केन्द्रले बादल, टोपबहादुरहरूसँग स्पष्टिकरण सोध्यो । न उनीहरूले स्पष्टिकरण दिए न त उनीहरूमाथि कुनै कारवाही नै भयो ।
प्रदेशतिर पनि माओवादीले कर्णाली र लुम्बिनीमा स्पष्टिकरण सोधिसकेको छ तर परिणाम शून्य ।
टिप्पणीहरू