राप्रपाका १९ जनाले पार्टी छोडे

राप्रपाका १९ जनाले पार्टी छोडे

राष्ट्रिय प्रजातन्त्र पार्टीका १९ जनाले सामूहिक रुपमा पार्टी परित्यागको घोषणा गरेका छन् । राप्रपानिकट युवक संगठनका पदाधिकारी,ललितपुर जिल्ला सदस्य तथा विभिन्न जिल्लाका पार्टी सदस्यहरुले पार्टी छोडेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्दै उनीहरुले लामो समयदेखि पार्टीका निम्ति अनवरत संघर्ष गरेपनि पार्टी प्रजातान्त्रिक मूल्य र मान्यता विपरित गएको, सिद्धान्त र बिचारभन्दा फरक तरिकाले चलेको,गुट उपगुट मौलाएको र व्यक्तिगत प्रवित्ति हावी भएकाले पार्टीमा निरन्तर काम गर्ने वातावरण नबनेको बताएका छन् ।

राप्रपाका अध्यक्षलाई सम्बोधन गर्दै पार्टी परित्यागबारे लेखिएको पत्रमा पार्टी केन्द्रीय सचिवालय र युवक संगठनका अध्यक्षद्वय फडिराज लोहनी र प्रकाश रिमाललाई बोधार्थ गरिएको छ ।

पार्टी परित्याग गर्नेमा युवक संगठनका महामन्त्री मोहन सापकोटा,कोषाध्यक्ष सुदर्शन सिलवाल,सहमहामन्त्री रामकुमार शर्मा लगायत छन्।

टिप्पणीहरू