अक्सिजन सिलिन्डर फिर्ता गर्न अनुरोध

अक्सिजन सिलिन्डर फिर्ता गर्न अनुरोध

सरकारले कोरोना संक्रमितहरुको उपचारका निम्ति अत्यावश्यक अक्सिजन तथा अक्सिजन सिलिन्डरहरु अस्पताल तथा स्वास्थ्य केन्द्रहरुलाई फिर्ता गर्न सबै उद्योग व्यवसायीलाई अनुरोध गरेको छ ।

अनुगमनको क्रममा कोभिड–१९ का संक्रमितको उपचारका लागि अत्यावश्यक अक्सिजन तथा अक्सिजन सिलिन्डरहरु अझै पनि सरकारको निर्णय विपरित अधिकांश ठूला उद्योगहरुमा प्रयोग भइरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फिर्ता गर्न भनेको हो ।

यस्तै यस निर्णयको उल्लंघन गरेको पाइएमा संक्रमण ऐन,२०२० को आधारमा अनुगमन गरी कारबाही गर्ने जनाउँदै अस्पतालमा अक्सिजन ग्याँस र सिलिण्डर उपलब्ध गराउने व्यवस्था गरिदिन स्थानीय प्रशासनलाई मन्त्रालयले विज्ञप्तिमार्फत् अनुरोधसमेत गरेको छ ।

टिप्पणीहरू