बृध्द उमेरमा मान्छेले किन लिँदैछ आफ्नै ज्यान ?
मानिस सबैभन्दा धेरै मृत्युसँग डराउँछ भनिन्छ । त्यसकारण जस्तोसुकै संघर्ष गर्न पछि पर्दैन । तर,केही मानिसले आफ्नो जीवनसँग आफैँ हार खाएर मृत्युलाई अंगालिरहेको पनि देखिन्छ ।
एकथरि मानिस हजारौँ प्रयत्न गर्दा पनि सफल जीवन जिउनको लागि असफल बनेपछि आत्महत्या गर्छ भनिन्छ । अझ त्योभन्दा अगाडि उसले मानसिक सन्तुलन गुमाउने विश्वास गरिन्छ । त्यस्तै घटनाको एउटा स्वरुपको रुपमा बृद्ध उमेरमा बेफ्वाँकमा ज्यान फाल्नेलाई लिने गरिएको पाइएको छ ।
घरायसी र पारिवारिक झमेलाका कारण कैयौंले आत्महत्या गर्ने गरेको खबर बाहिरिने गरेको छ । अहिले त्यस्तै घटनाको स्वरुप बनेको छ ललितपुरमा भएको हिजोको आत्महत्या । महालक्ष्मी नगरपालिका ५,टिकाथलीस्थित भीमसेन टोलमा बस्दै आएकी ६६ वर्षकी भगवती नेपाल आफ्नै कोठाको झ्यालमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेपछि सबै अचम्भित भएका हुन् ।
मृत अवस्थामा फेला परेकी उनले त्यो उमेरमा किन आत्महत्या गरिन् भन्ने खुलेको छैन । हिजै झुण्डिएको आशंका गरिएको उनीबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको हो ।
काभ्रेको नमोबुद्ध–३,घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिकामा बस्दै आएकी उनको शव पोस्टमार्टमको लागि प्रहरीले बिहान साढे ९ बजे पाटन अस्पताल लगेको छ ।
आत्महत्याको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । कोरोनाको कहर,उमेर ढल्कँदै गएपछि इमान्दारिता,कर्तव्य र जिम्मेवारी लिने तथा सहारा दिने कोही नभएको र बेरोजगार भएपछि परिवारबाट तिरस्कृत हुँदै मृत्युको बाटो रोजेको हुनसक्ने अनुमान गरिएको छ ।
टिप्पणीहरू