महामारीमा ४ सय सिलिण्डर अक्सिजन खोई ?
सर्वत्र अक्सिजनको हाहाकार हुँदा ललितपुरमा चार सय सिलिण्डरको अत्तोपत्तो छैन ।
कूल २ हजार ७ सय ५० सिलिण्डर अक्सिजन भरिनुपर्नेमा २ हजार ३ सय ५० मात्र वितरण हुने गरेको प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताएपछि उक्त रहस्य बाहिर आएको हो ।
उहाँले आफू संक्रमित भएदेखि नै ४ सय सिलिण्डर हेरफेर भएको बताउनुभएको छ । जिल्लाका तीन वटा अक्सिजन प्लान्टबाट २ हजार ७ सय ५० सिलिण्डर अक्सिजन उत्पादन हुने गरेको थियो । त्यसैले महामारीमा अक्सिजनमा चलखेल भएको उहाँले आशंका गर्नुभएको छ ।
निरौलाले हराएका चार सय सिलिण्ड खोजी गर्दै सम्बन्धित निकायहरुमा पत्राचार गरिएको बताउनुभयो । विभिन्न आइसोलेशन सेन्टरको नाममा ती सिलिण्डर गायव पारिएको आशंका छ ।
स्वास्थ्य मन्त्रालयले अक्सिजनमा जिल्लाको क्षमता माग्दा ललितपुरले २ हजार ३ सय ५० सिलिण्डर उत्पादन क्षमता बताउँदै आएको छ ।
टिप्पणीहरू