सवारी दुर्घटनामा वृद्धाको मृत्यु

सवारी दुर्घटनामा वृद्धाको मृत्यु

मकवानपुरमा भएको सवारी दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको भीमफेदी गाउँपालिका–७, गैरीटोल कोगटेमा ना.१ ज १९१४ नम्बरको सुमो दुर्घटना हुँदा सुमोमा सवार ८६ वर्षीया कान्छीमाया सिन्जालीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य चार जनालाई उपचारको निम्ति चुरेहिल अस्पतालमा पठाइएको छ ।

सामान्य घाइते भएका सुमो चालकलाई उपचार पश्चात् नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू