किन हटाइयो राष्ट्रपति कार्यालयको वेबसाइटबाट जेठ ७ को विज्ञप्ति ?

किन हटाइयो राष्ट्रपति कार्यालयको वेबसाइटबाट जेठ ७ को विज्ञप्ति ?

राष्ट्रपति कार्यालय,शीतल निवासले आफ्नो वेबसाइटबाट जेठ ७ गते अपलोड गरेका सबै प्रेस विज्ञप्ती हिजो रातिबाट हटाएको छ ।

शुक्रबार मध्यरात प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी नपुगेको,प्रधानमन्त्रीको सिफारिसमा संसद भंग गरिएकोलगायतका आधिकारिक सूचना राखिएको थियो । तर ती सबै हिजो रातिबाट हटाइएको छ ।

त्यसअघिका अरु कागजात भने यथावत छ । आज अधिकांश विपक्षी दल र तिनका नेता तथा कानुन व्यवसायीहरू प्रतिनिधिसभा विघटनसँगै गरिएको मध्यावधि निर्वाचनको घोषणाविरुद्ध सर्वोच्च अदालत जाँदैछन् ।

अधिकांश सञ्चारमाध्यम र कानुन व्यवसायीले डाउनलोड गरेर राखिसकेका ती सामाग्री शीतल निवासले हटाउनु एक माथि अर्को गल्ती ढाकछोप गर्नु हो भनिएको छ ।

टिप्पणीहरू