जारि भयो नागरिकतासम्बन्धी अध्यादेश,महतोको मन्त्री बन्ने बाटो खुल्यो

जारि भयो नागरिकतासम्बन्धी अध्यादेश,महतोको मन्त्री बन्ने बाटो खुल्यो

राष्ट्रपति विद्यादेवी भण्डारीले फेरि अर्काे अध्यादेश जारी गर्नुभएको छ ।

अस्ति मात्र शपथसम्बन्धी अध्यादेश,२०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी भएका थिए । सोही दिन नागरिकतासम्बन्धी अध्यादेश जारी गर्ने तयारी भए पनि ल्याइएको थिएन ।

प्रधानमन्त्री ओलीलाई गृहसहित सात वटा मन्त्रालयको जिम्मेवारी दिएको भोलिपल्टै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरिएको हो ।ओली सरकारले पछिल्लो एक बर्षमा योसमेत २१ वटा अध्यादेश ल्याइसकेको छ । यस आर्थिक बर्षको बजेटसमेत अध्यादेशबाटै ल्याउने तयारी चल्दैछ ।

नागरिकतावाला अध्यादेश आएलगत्तै जसपाको महन्थ-महतो समूहलाई मन्त्री बन्न मार्ग प्रशस्त भएको छ ।

टिप्पणीहरू