विघटनविरुद्ध क-कसले गर्ने बहस ?

विघटनविरुद्ध क-कसले गर्ने बहस ?

प्रतिनिधि सभा बिघटनका १९ रिट उपर आज प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको बेञ्चमा शुरु भएको सुनुवाईमा बहश गर्नेहरुको नाम तय भएको छ ।

उहाँहरु हुनुहुन्छ- दिनेश त्रिपाठी,ज्ञानेन्द्रराज आरण,यज्ञमणि न्यौपाने,सुलभ खरेल,नीतिका ढुंगाना,लोकेन्द्रबहादुर ओली,राजाराम घिमिरे,अजय बुढाथोकी,बद्रीराज भट्ट,वीरभद्र जोशी,शालिकराम सापकोटा, इन्द्रप्रसाद अर्याल,उमेशप्रसाद, चन्द्रप्रसाद लुइटेल,कृष्ण तिमिल्सिना,दीपक राई,दिपकराज कँडेल,धनजित बस्नेत,कृष्णप्रसाद भण्डारीलगायत बाँकी ११ वटा रिटको भोलि संवैधानिक इजलाशमा सुनुवाई हुनेछ ।

भोलिको इजलाशमा विपक्षी गठबन्धनका तर्फबाट वरिष्ठ अधिवक्ताहरु गोविन्द बन्दी,शम्भु थापा,रमण श्रेष्ठ,मुक्ति प्रधान,हरिहर दाहाल,बद्रीबहादुर कार्की,महादेव यादव र मिथिलेश यादवले बहस गर्ने कुरा छ ।

गठबन्धनले बहसका लागि यी बरिष्ठ आठ अधिवक्ताको नाम छनौट गरेको हो ।

टिप्पणीहरू