स्वतन्त्रता पक्षधर स्रष्टाहरूको प्रतिगमनबिरोधी सामुहिक स्वर

स्वतन्त्रता पक्षधर स्रष्टाहरूको प्रतिगमनबिरोधी सामुहिक स्वर

गत जेठ ७ गते राति प्रतिनिधिसभा विघटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको अलोकतान्त्रिक, असंवैधानिक र अमानवीय कदम बदनियतपूर्ण र अक्षम्य ठहर गर्दै लोकतन्त्र,नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रता पक्षधर सवा सय जति स्रष्टाको तर्फबाट एक विज्ञप्ति जारी गरिएको छ ।

उनीहरूले यस निरंकुश र अधिनायकवादी कार्यविरुध्द एकताबद्ध भई विभिन्न माध्यमबाट प्रतिरोध गर्न र निरन्तर सजग रहन सम्पूर्ण सचेत नागरिक एवं स्रष्टाहरूलाई आह्वान गरेका छन् ।

विज्ञप्तीमा उल्लेख छ– ‘ जेठ ७ गते राति संसदमा विश्वास गुमाएका प्रधानमन्त्रीले पुनः संसद विघटनको सिफारिस गर्नुमा हामी प्रधानमन्त्रीको बदनियत देख्दछौँ । संसदको अधिकारसमेत खोसेर रातारात सिफारिस सदर हुनुले प्रधानमन्त्री तथा राष्ट्रपतिको मिलिभगत पो छ कि भन्ने शंकालाई ठाउँ दिएको छ । राष्ट्रपतिजस्तो गरिमामय संस्थाबाट संविधानको मर्ममाथि प्रहार हुनुले देशमा राजनीतिक अस्थिरता निम्तिने मात्र नभई लोकतन्त्र र नागरिक अधिकार थप कुण्ठित हुने जोखिम बढेको छ । यसले लेखकीय स्वतन्त्रता सम्बद्ध हक अधिकार पनि असुरक्षित बनेका छन् ।’

नागरिकको जीवन रक्षाप्रति सरकार पूर्णतया गैरजिम्मेवार देखिएको उल्लेख गर्दै विज्ञप्तीमा लेखिएको छ– ‘कोरोना महामारीले विकराल रूप लिएको बेला संवैधानिक रूपमा आवधिक निर्वाचनका लागि समय बाँकी छँदै मध्यावधिमा जानु भनेको नागरिकलाई जानीजानी मृत्युको मुखमा धकेल्नु हो । अक्सिजन, भेन्टिलेटर,आइसियू,बेड र औषधी नपाएर नागरिक मरिरहेको समय निर्वाचनमा जानुले नागरिकको बाँच्न पाउने मौलिक हकको हनन हुन पुग्छ ।

अहिलेको आवश्यकता चुनाव खर्च नभएर कोरोना महामारीेविरुद्धको स्वास्थ्योपचार खर्च हो ।’ विज्ञप्तीमा नागरिक स्वतन्त्रता एवम् अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थामा मात्र सुरक्षित हुने र यसका लागि स्रष्टाले विभिन्न कालखण्डमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको तथ्यलाई स्मरण गर्दै देशमा मडारिरहेको प्रतिगमनलाई परास्त गर्न सबैमा आह्वान गरिएको छ । बिज्ञप्तीका हस्ताक्षरकर्ताहरु निम्नबमोजिम हुनुहुन्छ:

१) नरहरि आचार्य
२) बैरागी काइँला
३) डा.ध्रुवचन्द्र गौतम
४) बलदेव मजगैयाँ
५) डा. बेञ्जु शर्मा
६) पुरुषोत्तम बस्नेत
७) प्रा.पुरुषोत्तम दाहाल
८) डा.तुलसी भट्टराई
९) डा.विष्णुविभु घिमिरे
१०) डा.विमल कोइराला
११) तीर्थ श्रेष्ठ
१२) सनत रेग्मी
१३) दधिराज सुवेदी
१४)
१५) मञ्जु काँचुली
१६ं) प्रा.डा.गोविन्दराज भट्टराई
१७) प्रा.डा. कुलप्रसाद कोइराला
१८ं) वियोगी बुढाथोकी
१९) धर्मेन्द्र झा
साथै..
२०) अशेष मल्ल
२१) अनुपमा रेग्मी
२२) अमृता स्मृति
२३) डा. ईश्वरमणि अधिकारी
२४) उत्तमकृष्ण मजगैयाँ
२५) उपेन्द्र सुब्बा
२६) उर्मिला थपलिया
२७) ऋषभदेव घिमिरे
२८) एकनारायण पौडेल
२९) कविराज न्यौपाने
३०) कलानिधि दाहाल
३१) डा.कुमार कोइराला
३२) कुमार भट्टराई
३३) कृष्ण धराबासी
३४) कृष्ण प्रधान
३५) कृष्ण बराल
३६) प्रा.डा. कुसुमाकर न्यौपाने
३७) केदार न्यौपाने
३८) केशव सिग्देल
३९) कोषराज न्यौपाने
४०) डा.गणेश घिमिरे
४१) गीता रेग्मी
४२) गीता कार्की
४३) गुरुराज घिमिरे
४४) गोकुल अधिकारी
४५) गोपाल भण्डारी
४६) गोपाल अश्क
४७) गोविन्दराज विनोदी
४८) जीवनाथ धमला
४९) ज्ञानु अधिकारी
५०) ज्ञानुवाकर पौडेल
५१) डा.ज्ञानु पाण्डे
५२) घनेन्द्र ओझा
५३) चन्द्र योङ्या
५४) चूडामणि नेपाल ‘अकिञ्चन’
५५) टीका सापकोटा
५६) टेकराज अवस्थी
५७) ठाकुर बेलबासे
५८) डिल्लीराम सुवेदी
५९) तोयाराज घिमिरे
६०) दामु मर्सिफुल
६१) दिनेशराज सुवेदी (दिङ्ग्लाली कान्छो)
६२) डा.दुर्गा घर्ती
६३) देवकी अभिलाषी
६४) धर्मेन्द्रविक्रम नेम्वाङ
६५) ध्रुव मधिकर्मी
६६) डा. नवराज लम्साल
६७) नन्दकृष्ण जोशी
६८) डा. नारायण खनाल
६९) डा. नारायण चालिसे
७०) नारायण सापकोटा
७१) निर्मला कोइराला
७२) पुष्ष्प अधिकारी ‘अञ्जली’
७३) पूर्णिमा प्रतिबिम्ब
७४) पौडेल बिमुन्स
७५ )प्रकाश थाम्सुहाङ
७६) प्रह्लाद पोखरेल
७७) प्रेमप्रकाश मल्ल
७८) बलराम दाहाल
७९) बाबु त्रिपाठी
८०) भीष्म काफ्ले
८१) भोजराज न्यौपाने
८२) मञ्जु विमली
८३) मनोज न्यौपाने
८४) मनोजमणि आचार्य
८५) महेश प्रसाईँ
८६) महेश पौड्याल
८७) मिलन समीर
८८) मीनकुमार श्रेष्ठ नवोदित
८९) मुनाराज शेर्मा
९०) मोतीराज बम
९१) डा. रत्नमणि नेपाल
९२) राजेन्द्र गुरागाईँ
९३) राधिका गुरागाई
९४) रामगोपाल आशुतोष
९५) रामलाल जोशी
९६) रामहरि शर्मा
९७) प्रा.डा.लक्ष्मणप्रसाद गौतम
९८) वनमाली निराकार
९९) विजय वजिमय
१००) विनोद दाहाल ‘वत्स’
१०१) विनोद चालिसे
१०२) विपिन शर्मा
१०३) विमला तुम्खेवा
१०४) विवश पोख्रेल
१०५) विष्णुकुमार भट्टराई
१०६) डा.विष्णु केसी
१०७) शशी थापा पण्डित
१०८) डा.शैलेन्दुप्रकाश नेपाल
१०९) श्रवण मुकारुङ
११०) सञ्जीव पौडेल
१११) सन्तोष बोहोरा
११२) सन्ध्या पहाडी
११३) सीमा पुरी
११४) सुनीता खनाल
११५) सुन्दर कुरूप
११६) सुन्दर मानन्धर
११७ं) सूर्य लाकोजु
११८) सुरेन्द्र अस्तफल
११९) सोझो गाउँले
१२०) हयग्रिव आचार्य
१२१) हरिकृष्ण काफ्ले
१२२) हरिप्रसाद दाहाल
१२३) हर्क खडायत
१२४) हेमन्त विवश ।

टिप्पणीहरू