मनकारीहरु,यी गरिवलाई बचाउन अघि सरौँ
रघु आले मगरले आफ्ना दुबै मृगौला फेल भएपछि सहयोगको अपिल गरेका छन् । सामाजिक सञ्जालमा जीवन तामाङ्ग (गलान) ले रघुको दर्दनाक अवस्था वर्णन गर्दै मगरको दुवै मृगौला फेल भएकोमा चिकित्सकहरुले प्रत्यारोपण गर्न सुझाएको बताएका हुन् ।
सर्लाहीको बरहथहा नगरपालिका वडा नं. ६ बस्दै आएका मगरको मृगौला प्रत्यारोपण गर्न करिब २० लाख रुपैयाँ खर्च लाग्ने पारिवारिक स्रोतले बताएको छ । हाल मानव सेवा अंग प्रत्यारोपण केन्द्रमा उपचाररत मगरको हप्तामा तीन पटक डायलासिस गर्ने गरिएको छ ।
डायलासिसदेखि प्रत्यारोपणसम्मको खर्च गर्नसक्ने क्षमता परिवारको नरहेको बताउँदै सामाजिक सञ्जालमार्फत् सहयोगको लागि याचना गरेका हुन् ।
सहयोग गर्न चाहने मनकारीले एनआईसी एसिया बैंकको दमक शाखामा रहेको खाता नम्बर ०३४५७५१२१०३४३००१ तथा ई–सेवा ९८२३११७४५४ र ९८१७३४२७३९ प्रयोग गर्न सकिने बताइएको छ ।
टिप्पणीहरू