निषेधाज्ञाकाे माैकाछाेपी तस्करकाे रजाइ
लुम्बिनी, कोरोना महामारीको कारण सबै जना घरभित्र छन् । आफन्त, नातागोता, इष्टमीत्र कसैसँग पनि भेटघाट गरेका छैनन् । कोभिडको त्रासको कारण सबैजना बन्दाबन्दीभित्र परेको बेला तस्करहरु भने सीमावर्ति क्षेत्रका प्रहरीको मिलोमतोमा खुलेआम अबैध कृयाकलाप गरिरहेका छन् ।
जिल्लाको मैनिहीया नाकाबाट अबैध रुपमा विभिन्न सामग्रीहरु नेपाल भित्रिदा समेत सीमामा तैनाथ रहेको सशस्त्र प्रहरीको निरिक्षकको कमान्डमा सशस्त्रको टोलि, मैनिहियामा रहेको असइको नेतृत्वमा रहेको नेपाल प्रहरीको टोलि भने यतिबेला तस्करलाइ सघाउन लागिपरेका छन् ।
कोभिडको कारण स्थानियहरु कोहि पनि घरबाहिर निस्कीन सकेका छ्रैनन तर तस्करहरु भने प्रहरीको सेटिङ्गमा भन्सार छलेर दैनिक लाखौंको सामान नेपाल भित्राइरहेका छन् ।
मैनिहीया स्थित प्रहरी चौकिका इन्चार्ज क्रृषिकेश ढकालको मिलोमतोमा मैनिहीया नाकाबाट खुलेआम तस्करी भईरहेको स्रोत बताउछ । धकधई प्रहरी चौकि इन्चार्ज एकबहादुर नेपालीले भने, “ सशस्त्र बोर्डरमा बस्छ, चौकि दुई किलोमिटर उत्तरमा पर्दछ , यदि प्रहरीको मिलोमतोमा कुनै अबैध कृयाकलाप भएको भए कारबाहि हुन्छ । ”
सीमापारीको भगवानपुर बजार विहान १० बजे सम्म खुलेको छ । उक्त क्षेत्रबाट अबैध रुपमा नेपाल भित्रिएको समान भैरहवा, बुटवलका बजारमा जाने गरेको छ ।
टिप्पणीहरू