मन्त्री हुन खोज्नेको हुलै बालुवाटारमा

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहका एक हुल नेता प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट र छलफल गर्न उहाँको सरकारी निवास बालुवाटार छिरेका छन् ।
दिउँसो साढे २ बजे महन्थ र राजेन्द्रसँगै शरदसिंह भण्डारी, अनिल झालगायतका नेताहरु बालुवाटार छिरेका हुन् ।
केपी ओली नेतृत्वको सरकारमा सामेल हुने चर्चा चले पनि पछिल्लो केही सातादेखि उक्त कार्य विभिन्न बहानामा पछाडि धकेलिँदै गएपछि आज जसपाको टोली बालुवाटार छिर्नुलाई अर्थपूर्ण ठानिएको छ ।
टिप्पणीहरू