जे पनि सम्भव हुँदो रहेछ नेपालमा

एक पूर्ण सपांगले आफूलाई कागजी रूपमा अपांग भएको देखाएर लोकसेवा आयोगदेखि राज्यलाई गुमराहमा राखेका छन् । हेर्दा अत्यन्त राम्रा र हिस्सी परेका देखिने गोविन्द भट्टराई अपांगकै कोटाबाट शाखा अधिकृत बनेका हुन् । सुन्धारास्थित गोश्वारा हुलाक कार्यालयमा कार्यरत रहेकै बेला उनले आफू अपांग भएको कागज गुल्मी जिल्लास्थित महिला तथा अपांग कार्यालयबाट लिएका थिए ।

हातगोडादेखि सग्ला नाक, कान, घाँटी र सवल शारीरिक बनावटका धनी सुन्दर गोविन्दले आफ्ना आँखा कमजोर रहेको भनी अपांगताको पुर्जी लिएका हुन् । गुल्मीको म्यालपोखरी गाविस–२ का गोविन्दले अपांगताको प्रमाणपत्र लिएलगत्तै खुलेको लोकसेवा आयोगको विज्ञापन नम्बर १६५४९ मा शाखा अधिकृतको फाराम भरे । अपांगताको प्रमाणपत्र पेश गरी सोही कोटामा फाराम भरेका हुन् । त्यसपछि सेवाका केही अधिकारीलाई प्रभावमा पारी चश्मासमेत नलगाएका आँखाको कारुण आफू अपांग भएको सिफारिस लिए ।

लोकसेवा आयोगको यिनको परीक्षार्थी संकेत नम्बर १३८३६१ हो । उनले यसै नम्बरको प्रवेशपत्रबाट परीक्षा दिएर अपांगताको कोटाबाट शाखाअधिकृत पद पनि पड्काए । त्यसपछि सेवाका केही अधिकारीलाई प्रभावमा पारी चश्मासमेत नलगाएका आँखाको कारण आफू अपांग भएको सिफारिस लिए । लोकसेवा आयोगको यिनको परीक्षार्थी संकेत नम्बर १३८३६१ हो । उनले यसै नम्बरको प्रवेशपत्रबाट परीक्षा दिएर अपांगताको कोटाबाट शाखाअधिकृत पद पड्काइसकेका छन् । अपांगता भएका जम्मा १० जनाको कोटामा यिनको नाम ५ नम्बरमा परेको छ । लोसेआको परिणाममा यिनको नाम २६० नम्बरमा प्रकाशित छ ।

अपांगको संरक्षण तथा कल्याणकारी व्यवस्था गर्न बनेको ऐन ०३९ को दफा २ मा व्याख्या गरिएको अपांगको परिभाषाले पनि गोविन्दलाई सपांग ठहर गर्छ । प्रष्ट लेखिएको छ– अपांग भन्नाले सामान्य दैनिकचर्या गर्न शारीरिक वा मानसिक तवरले असमर्थ वा अक्षम भएको नेपाली नागरिकलाई सम्झनुपर्छ । सो शब्दले कानु, अन्धो, बहिरो, लाटो, लठेब्रो, लुलो, कुँजो, लंगडो, खोरण्डो, डुँडो वा सुस्तमनस्थिति भएकालाई जनाउने कुरा पनि ऐनमा उल्लेख छ । आँखा कमजोर भएका कारण उनलाई मोटरसाइकल चलाउन, कार्यालय आउजाउ गर्न तथा अरू सपांगसरह दैनिक चर्या गर्न केही असर परेको छैन ।

– हरिभक्त कँडेल

टिप्पणीहरू