संसद पुनर्स्थापनाको विजय जुलुस
![संसद पुनर्स्थापनाको विजय जुलुस](https://janaaastha.prixacdn.net/media/albums/206467618_1205854003219018_4570940292875919385_n_XOkHUMUIIq.jpg)
प्रतिनिधिसभा पुनर्स्थापनाको स्वागत गर्दै संयुक्त विद्यार्थी संगठनले विजय जुलुस निकालेको छ । विपक्षी गठवन्धनका पाँच दलनिकट विद्यार्थी संगठनहरुले अपरान्ह ४ बजे प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा जुलुस निकालेका हुन् ।
नेविसंघका सभापति राजिव ढुंगानाको नेतृत्वमा निस्केको जुलुसमा अखिल छैठौँका अध्यक्ष बिमल पोख्रेल,अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य पवन कार्कीलगायत ठूलो संख्यामा विद्यार्थीहरु सहभागी छन् ।सो क्रममा उनीहरुले ‘लोकतन्त्र जिन्दावाद!’, ‘सर्वोच्च अदालत धन्यवाद !’, ‘गयो गयो प्रतिगमन गयो!’, ‘केपी ओली ढालियो!’ जस्ता नारा लगाएका छन् ।
टिप्पणीहरू