गृहयुद्ध जारी छ,संग्रहालयको ब्यापक तयारी छ

गृहयुद्ध जारी छ,संग्रहालयको ब्यापक तयारी छ

झण्डै एक दशकदेखिको गृहयुद्धबाट गुज्रिरहेको सिरियामा एक जना सिरियाली पुराना र ऐतिहासिक सामाग्री बटुल्दै संग्रहालय बिस्तारमा तल्लिन देखिएका छन् । दशौं लाख सिरियाली मुलुक छाडेर अन्यत्र गएका छन् ।

लाखौं मारिएका छन्, दशौं लाख घरवारविहीन भएका छन् । जताततै बम र बारुद पड्किरहेको छ । तर,संग्रहालय बिस्तारमा लागिपरेका सिरियालीले ती केहीको पनि मतलब राखेका छैनन् ।झण्डै एक दशकदेखिको गृहयुद्धमा पनि सादी सलिम नामका ती सिरियाली एन्टिक कलेक्टरले यसबीच संग्रहालय बनाएका छन् । उनले भावी पुस्ताको निम्ति सम्पदा रक्षार्थ आफूले संग्रहालय निर्माण गरको बताएका हुन् ।

सिरियाको दक्षिणी भेगमा रहेको स्वीडा प्रदेशमा अवस्थित उक्त संग्रहालय सलिमले आफ्नै घरको छेउमा बनाएका हुन् । उनले पुराना सिक्का,तरबार,बन्दुक,कृषि उपकरणदेखि ओटोमन साम्राज्यकालका यातनाका औंजारसम्म गरी ८ हजार थान पुराना वस्तुहरू संकलन गरेका छन् ।यस्तै उनले सिरियामा फ्रान्सेली उपनिवेशताका फ्रान्सेली सैनिकहरूले प्रयोग गरेको पिस्तोल र हेलमेटसमेत जम्मा गरेका छन् । उनका संकलनमा सबैभन्दा पुरानो ८ हजार वर्ष अगाडिको ढुंगाको प्रस्तर समेत राखिएको छ ।

टिप्पणीहरू