आगलागीबाट बच्न आमाले माथिल्लो तल्लाबाट बालक छोरोलाई फालिन् (भिडियोसहित)

आगलागीबाट बच्न आमाले माथिल्लो तल्लाबाट बालक छोरोलाई फालिन् (भिडियोसहित)

दक्षिण अफ्रिकाको डरबनमा आगलागीबाट बच्न दनदनी बलेको घरको माथिल्लो तलाबाट एउटी आमाले पहिले छोरोलाई फालेको र त्यसपछि उनको उद्धार गरिएको दुर्लभ र मार्मिक भिडियो फेला परेको छ ।

घरको माथिल्लो तलाबाट फालिएको बालकलाई सडकमा उभिएका मानिसले हात थापेर समाएका थिए । त्यसलगत्तै आमाको उध्दार गरिएको थियो ।

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति याकुव जुमालाई अदालतको अपहेलना गरेको कारण गतहप्ता १५ महिनाको कैद सजाय सुनाएपछि हिंसात्मक दंगा भड्किएको छ ।

जुमाले सन् २००९ देखि २०१८ सम्म राष्ट्रपति छँदा भ्रष्टाचार गरेको आरोपमा छानबिन अगाडि बढाउँदा उनले उपस्थित भएर बयान दिन अस्वीकार गरेका थिए । पछि अदालतले समेत दिएको आदेशलाई अस्वीकार गरेपछि जेल सजाय तोकिएको हो ।

दक्षिण अफ्रिकामा भड्किएको पछिल्लो हिंसात्मक प्रदर्शनमा ७५ जना मारिएका छन् भने १ हजार भन्दा बढी पक्राउ परेका छन् ।
भिडियो स्रोतः बीबीसी

टिप्पणीहरू