बाउ बनेर सैयौंको बिहे

भारतीय रियल इस्टेट टाइकुन महेश सभानी असहाय युवतीहरुको सक्कली बाउ बन्न पुगेका छन् । सन् २००८ देखि बाउ नभएका युवतीहरुको बाउ बनेर बिहे गराउँदै आएका उनले अहिलेसम्ममा ७ सय १० जनाको उद्धार गरिसकेका छन् ।

गुजरातको सुरत निवासी उनले उत्तर प्रदेशका मात्र ४ सय ७२ जना युवतीको विवाह सम्पन्न गराइसकेका छन् । बाउसरह कन्यादान दिने काम गर्दै आएका उनले प्रत्येक ‘छोरी’ लाई ४० हजार भारु. बराबरको गहना र अन्य सामान दाइजोको रुपमा दिने गरेका छन् । असहाय र विधवाहरुले छोरीको बिहे गराइदिन उनलाई अनुरोध गर्ने गरेका छन् ।

टिप्पणीहरू