बीपीको दुःखेसोमा कान्तिको आवाज

बीपीको दुःखेसोमा कान्तिको आवाज

पछिल्लो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको राजनीतिकरणविरुद्ध अन्य अस्पतालमा समेत आवाज उठ्न थालेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुध्दिकरण अभियानले प्रतिष्ठानमा भएको राजनीतिक चलखेलविरुद्ध आवाज उठाउँदै आएको छ । तर आजबाट कान्ति बाल अस्पतालका चिकित्सकले समेत प्रतिष्ठानमा भएको अनियमितताबारे शान्तिपूर्ण आन्दोलन कार्यक्रम गर्न थालेका छन् ।

आज दिउँसो माइतीघर मण्डलामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुध्दिकरण अभियान २०७८ को आयोजनामा प्रतिष्ठानमा भइरहेको राजनीतिकरण र भ्रष्टाचारविरुद्ध कान्ति बाल अस्पतालका डा. कुम्भ जोशीले प्लेकार्ड प्रदर्शनसहित शान्तिपूर्ण कार्यक्रम गरेका हुन् ।

उनीहरुले आमनागरिकको स्वास्थ्यको लागि हामी सडकमा, तपाईंहरु किन सिंहदरबारमा ?, चाप्लुसी गर्न जान्दैनौं,तिम्रो दमन मान्दैनौं,प्रतिष्ठान डुबाएर आफ्नो जीवन उठाउने कसैलाई हामी छाड्ने छैनौं,हाम्रो प्रतिष्ठान हामी आफैँ जोगाउँछौँ लगायतका नारा लगाएका थिए ।

टिप्पणीहरू