एमसीसीको बिरोध गर्दै,राजा गुहार्दै

एमसीसीको बिरोध गर्दै,राजा गुहार्दै

अमेरिकी सहयोग परियोजना एमसीसीको बिरोध गर्दै विराटनगरमा राजतन्त्रको वकालत गरिएको छ । शिव सेनाका प्रदर्शनकारीहरुले एमसीसीको बिरोध गर्दै राजा आऊ, देश बचाऊ भनेर नारा लगाएका हुन् ।

विराटनगर महानगरपालिका–७ स्थित भाटभटेनी अगाडिबाट शिव सेना नेपालले हिजो साँझ राँके जुलुस निकालेर उक्त नारा लगाएको थियो । शिव सेना नेपाल मोरङका अध्यक्ष सतिश पोखरेलको नेतृत्वमा झण्डै तीन दर्जनले हिजो राँके जुलुस निकालेका हुन् ।

आज इटहरीबाट बिराटनगरसम्म गर्ने भनिएको एमसीसीबिरुद्ध र्यालीको निम्ति पूर्वतयारीस्वरूप हिजो जुलुस निकालेको बताइन्छ । स्थानीय महेन्द्र चोकसम्म पुगेको राँके जुलुशमा एमसीसी मूर्दावाद,गणतन्त्र मूर्दावाद, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ,राजा आऊ देश बचाऊ जस्ता चर्का नाराहरु लगाइएको थियो ।

टिप्पणीहरू