प्रहरी प्रमुखको प्रस्टिकरण,सरुवा बढुवामा अनियमितता भएको छैन

प्रहरी प्रमुखको प्रस्टिकरण,सरुवा बढुवामा अनियमितता भएको छैन

नेपाल प्रहरीले आफ्ना कर्मचारीको सरुवा,बढुवामा अनियमितता नभएको स्पष्ट पारेको छ । सरुवा, बढुवामा आर्थिक अनियमितता भएको भन्दै केही सञ्चार माध्यममा आएका समाचारसम्बन्धमा प्रहरी प्रधान कार्यालयले नियमसम्मत रुपमा प्रहरी संगठन चलिरहेको दाबी पनि गरेको छ ।

सरुवा,बढुवाजस्ता वृत्ति विकासका अवसरहरु स्थापित सर्वमान्य विधि र पध्दतिका आधारमा निष्पक्ष, पारदर्शी र नियमसम्मत रुपमा कार्यान्वयनमा आइरहेको प्रहरीको भनाइ छ । प्रहरीले तथ्यहीन समाचारको भ्रममा नपर्न पनि आग्रह गरेको छ ।

‘नेपाल प्रहरीमा नियमित हुने सरुवा, बढुवा जस्ता वृत्ति विकासका अवसरहरु संगठनको स्थापित सर्वमान्य विधि र पध्दतिका आधारमा निष्पक्ष,पारदर्शी र नियमसम्मत रुपमा कार्यान्वयनमा आइरहेको व्यहोरा सबैमा विनम्रतापूर्वक जानकारी गराउँदै यस्ता किसिमका अत्यन्त मनोगत, भ्रामक,कपोलकल्पित र तथ्यहीन समाचारको भ्रममा नपर्न सबैमा हार्दिक अनुरोध गर्दछौं’, प्रवक्ता बसन्तबहादुर कुँवरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

[real3dflipbook pdf=”https://fra1.digitaloceanspaces.com/appharuspace/janaaastha/uploads/2021/08/प्रेस-विज्ञप्ति-साउन-१७.pdf”]

टिप्पणीहरू