जातीय विभेद तथा छुवाछुतविरुध्द माइतीघरमा प्रदर्शन

जातीय विभेद तथा छुवाछुतविरुध्द माइतीघरमा प्रदर्शन

जातीय विभेद तथा छुवाछुतविरुध्द आज राजधानीमा बिरोध प्रदर्शन हुँदैछ । अखिल (क्रान्तिकारी) को आयोजनामा माइतीघर मण्डलामा प्रदर्शन हुन लागेको हो । दिउँसो ३ बजेबाट छुवाछुतविरुद्ध आवाज चर्काउने क्रान्तिकारीले बताएको छ ।

आधुनिक समाजमा जातीय विभेद गर्नु मानवताविरोधी अपराध भएको बताउँदै क्रान्तिकारीले आवाज उठाउन थालेको हो । क्रान्तिकारीले सार्वजनिक गरेको व्यानरमा जातीय विभेद गर्ने जो कोहीलाई सामाजिक बहिस्कार गरौँ,शिक्षाको प्राथमिक तहबाट जातीय विभेदविरुध्द शैक्षिक पाठ्यक्रम लागू गरौँ,सीप र दक्ष जनशक्तियुक्त समुदायलाई घृणा होइन सम्मान गरौँ,हामी जातीय विभेद मान्दैनौँ,विभेद गर्नेलाई स्वीकार गर्दैनौँ,दलित अछुत होइन उत्पीडित र न्यायप्रेमी वर्गको शक्ति हो,उत्पीडित जाति समुदायको ऐतिहासिक क्षतिपूर्तिको भरण पोषण गरौँलगायतका नारा लेखिएको छ ।

भौतिक दूरी कायम गरेर स्वास्थ्यका मापदण्ड पालना गरी जातीय विभेदविरुद्ध हुने मोर्चामा सहभागी बन्नसमेत अखिल (क्रान्तिकारी) ले आग्रह गरेको छ ।

टिप्पणीहरू