मंगोल अर्गनाइजेशनको भेटभाट इमाडोलमा,जसपाको बनस्थलीमा

मंगोल अर्गनाइजेशनको भेटभाट इमाडोलमा,जसपाको बनस्थलीमा

मंगोल नेशनल अर्गनाइजेशन (डा .गोपाल गुरुङ संगठन) को बाग्मती प्रदेश युवासभाले आज मूलवासी दिवस मनाउने भएको छ । उक्त अवसरमा मंगोल राष्ट्रवाद प्रशिक्षणका साथै भेटघाट कार्यक्रम रहेको जनाइएको छ । कार्यक्रम ललितपुरको इमाडोलमा हुने जनाइएको छ ।

उता जसपाको गोरखा सिरानचोक–काठमाडौ सम्पर्क समन्वय समितिले आगामी शनिबार अन्तरक्रिया कार्यक्रम राखेको छ । काठमाडौं वनस्थलीको मदर रिसेप्सनमा साउन ३० गते बिहान ८ बजे उक्त कार्यक्रम राखिएको जनाइएको छ ।कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र विशेष अतिथिको रुपमा गण्डकी प्रदेश सरकारका ऊर्जा,सिँचाई तथा खानेपानी मन्त्री हरिशरण आचार्य र अतिथिमा प्रदेश सांसद धनमाया लामा पोख्रेल रहनुहुने बताइएको छ ।

टिप्पणीहरू