परराष्ट्रमन्त्री बैंककमा,युएईका विदेशमन्त्री नेपालमा

परराष्ट्रमन्त्री बैंककमा,युएईका विदेशमन्त्री नेपालमा

संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधान तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयान काठमाडौं आउँदै हुनुहुन्छ । उहाँ विशेष विमानमा भोलि राति पौने ९ बजे काठमाडौं ओर्लने कार्यक्रम छ । तर, उहाँका नेपाली समकक्षी परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा हिजै थाइल्याण्डको राजधानी बैंकक पुग्नुभएको छ । 

पर्सि बेलुकी ५ बजे सोही विशेष विमानमा फर्कनुअघि ४ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ताको कार्यक्रम छ । त्यसअघि ३ बजे सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटको समय तोकिएको छ । 

नेपालको प्रमुख वैदेशिक रोजगार मुलुकमध्येको एक युएईंका विदेशमन्त्रीको नेपाल भ्रमणमा समकक्षी परराष्ट्रमन्त्री अघिल्लो दिन विदेश भ्रमणमा निस्कनु काकताली मात्रै होला कि बेवास्ता ?

सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षदेखि सवारी मार्ग, होटल, शीतल निवास, सिंहदरबारमा हुने शिष्टाचार भेटका लागि सुरक्षाको सबै प्रबन्ध मिलाउन आवश्यक व्यवस्था मिलाइसकेको बुझिएको छ । तर, नेपालको प्रमुख वैदेशिक रोजगार मुलुकमध्येको एक युएईंका विदेशमन्त्रीको नेपाल भ्रमणमा समकक्षी परराष्ट्रमन्त्री अघिल्लो दिन विदेश भ्रमणमा निस्कनु काकताली मात्रै होला कि सुनियोजित ? हाम्रा कूटनीतिक संयन्त्रको क्षमता मान्ने कि दुर्वलता ?

टिप्पणीहरू